Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच राष्ट्रियसभा निर्वाचनसहितका समसामयिक विषयमा कुराकानी भएको छ । भेटमा राष्ट्रियसभा अध्यक्ष निर्वाचनसहित विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको थियो ।

    राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदैछ । प्रधानमन्त्री प्रचण्डले बुधवार संसदबाट विश्वासको मत लिँदैछन् । त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ ।

    त्यसका लागि सरकारमा सहभागी पाँच दलका दुई दुई जना नेता सम्मिलित कार्यदल गठन भैसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij