
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौं । अछामको मंगलसेन नगरपालिका-१४ मा १२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष पाठककाअनुसार शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
घटना थाहा पाएपछि बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी छन् । आरोपित बुवालाई शनिबार नै पक्राउ गरेर म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी पाठकले बताए ।
बलात्कृत नाबालिकको शनिबार नै स्वास्थ्य परीक्षण भइसकेको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको छ । आमाछोरीलाई सेफ हाउसमा राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij