
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष एवं वार्ता टोलीको संयोजक अवधेश कुशवाह पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार कुशवाहसहित १३ जनालाई बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ४ महिला र ९ जना पुरुष छन् । उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij