Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

भोलिदेखि पशुपतिनाथ मन्दिर आसपासमा मासु र मदिरा प्रतिबन्धित

भोलिदेखि पशुपतिनाथ मन्दिर आसपासमा मासु र मदिरा प्रतिबन्धित

  • काठमाडौं । पशुपतिनाथ मन्दिर आसपास महाशिवरात्रि पर्वलाई लक्षित गरी मासु र मदिरा बेचबिखनमा रोक लगाइएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेर भोलि बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको जनाएको हो ।

    पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाइ भव्यरूपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभिको सुरक्षालगयात धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

    तोकिएका चारकिल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्णरुपमा रोक लगाइएको बस्नेतले बताए ।

    सूचनाको उलंघन गरे प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij