Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पीएसजीले चुम्यो सुपर कपको उपाधि

पीएसजीले चुम्यो सुपर कपको उपाधि

  • काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि हात पारेको छ । लेन्सको बुधवार राति भएको फाइनलमा मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि हात पारेको हो ।

    images
    images
    images

    पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए । खेलको ३९ औं मिनेटमा इकार्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    खेलको ८५ औं मिनेटमा नेयमारमा पेनाल्टीमा गोल गर्दा पीएसजी २-० ले अघि रह्यो । खेलको ८९ औं मिनेटमा पायटले एक गोल फर्काएपनि पीएसजी २-१ ले विजयी भयो ।

    यससँगै पीएसजीले १० औं पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij