Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

७३ बोरा गाँजासहित तीन जना पक्राउ

७३ बोरा गाँजासहित तीन जना पक्राउ

  • काठमाडौं । प्रहरीले ७३ बोरा गाँजा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-५ आईटी पार्कस्थित पनौती बनेपा सडक खण्डमा प्रहरीकाे चेकिङ टोलीले सवारी चेक जाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरकाे डिआई गाडीबाट अप्रशोधित गाँजा (भर्खर काटेको जस्तो हरियो देखिने) प्लाष्टिकको बिभिन्न साईजको ७३ बोरामा २८५ केजी गाँजा, गाडी सहित ३ जना मानिसहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा गाडी चालक नुवाकोट बिदुर-११ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने बुद्धमान तामाङ, रामेछाप जिल्ला रामेछाप न.पा-८ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने को संजिब तामाङ, रामेछाप-८ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने की बिमला तामाङ रहेका छन् ।

    पक्राउ परेका मानिसहरूलाई ईलाका प्रहरी कार्यालय बनेपामा ल्याई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij