
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । डडेल्धुरामा घरभित्र निसास्सिएर दुई जनाको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका-१ मालमका (सासु-बुहारी) ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुवै जना सोमबार बिहान बेहोस भेटिएका थिए । उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो । अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुम नायकले बताए ।
गएराति दुवै जना आगो बालेर सुतेका थिए । झ्याल ढोका बन्द गरेकाले निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक नायकले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij