Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

ईपीएस भाषा परीक्षा दुइसाता धकेलियो

ईपीएस भाषा परीक्षा दुइसाता धकेलियो

  • काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुने गरी तयार भएको थियो ।

    images
    images
    images

    तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रुअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ । एचआरडी कोरियाका अधिकारीहरूसँगको छलफलको क्रममा २० जनवरी (माघ ६ गते) देखि परीक्षा गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए ।

    आवेदन फारम भर्ने र आवेदकहरूको परीक्षा सम्बन्धी रेकर्ड राख्ने अनलाइन सिस्टमका कारण परीक्षा केही ढिलाइ हुने वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

    अहिले १ लाख ६४ हजारको विवरण कोरिया पठाएर काम हुँदा अलिकति ढिला हुने र फेब्रुअरीको ४ (माघ २१ गते) बाट सूचना निकाल्नुपर्ने समय आउने बताइएको छ । धेरै आवेदन परेपछि अनलाइन सिस्टम नै अपग्रेड गर्नुपरेको थियो । 

    ईपीएस भाषा परीक्षा तीन चरणमा हुनेछ । एचआरडी कोरियाले भाषा परीक्षा तीन चरणमा गर्ने गरी तयारी गरेको हो । ठूलो संख्यामा आवेदन परेकाले तीन चरणमा परीक्षा सञ्चालन गर्नेगरी एचआरडी कोरियाले तयारी गरेको हो ।

    पहिलो चरणमा ४७ हजार जनाको परीक्षा गरिनेछ । त्यस्तै दोस्रो चरणमा  ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजार ७१६ जनाको परीक्षा दिनेगरी कार्यतालिका बनेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij