Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

१७ वर्षपछि पक्राउ फरार रहेका २ जना

१७ वर्षपछि पक्राउ फरार रहेका २ जना

  • काठमाडौं । मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरबाट २० वर्ष कैद सजाय पाएर फरार रहेका मोटे स्याङ्तान भन्ने रामचन्द्र स्याङ्तान र सार्की माइला भन्ने कालु गोलेलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीहरूले २०६३ जेठ १९ गते साबिकको टिस्टुङ गाविस-४ अर्थात् हालको थाहा नगरपालिका- १२ गैरीगाउँमा ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए । यस्तै उनीहरूलाई जिल्ला अदालत मकवानपुरले २०६७ असोज ८ गते २० वर्षको कैद गर्ने फैसला सुनाएको थियो । हत्या गरी फरार रहेका उनीहरूलाई प्रहरीले मकवानपुरकै थाहा नगरपालिका-१२ गैरीगाउँबाट पक्राउ गरी आजै अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij