Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल सुपर लिगमा आज पोखरा र काठमाण्डौ खेल्दै

नेपाल सुपर लिगमा आज पोखरा र काठमाण्डौ खेल्दै

  • काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल आज बेलुका ५ बजे दशरथ रङ्गशालामा पोखरा थन्डर्स र काठमाण्डौ रेजर्स खेल्दैछन् ।

    images
    images
    images

    अङ्क तालिकामा तेस्रो स्थानमा रहेको पोखराले चार खेलमा दुईमा जित र दुईमा बराबरी गर्दै ८ अङ्क जोडेको छ । ५ अङ्क भएर पाँचौँ स्थानमा रहेको काठमाण्डौले भने एकमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ ।

    नेपाल सुपर लिगको शीर्ष स्थानमा ललितपुर सिटी छ । हिजोको खेलमा एफसी चितवनलाई ३–१ गोलले हराउँदै ९ अङ्क जोडेर ललितपुर सिटी एफसी शीर्ष स्थानमा पुगेको हाे । ८ अङ्क रहेको धनगढी फुटबल क्लब दोस्रो स्थानमा छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij