Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित

चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित

  • काठमाडौं । ‘समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित हुनुभएको छ । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पु¥याएवापत उहाँलाई सो सम्मान अर्पण गरिएको हो ।दी क्रिएटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सो सम्मान प्रदान गर्नुभएको हो ।“ सम्मानले आफूलाई अगामी दिनमा समाजसेवमा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ ।” युवा व्यवसायि समेत रहनुभएका प्रधानले कार्यक्रममा भन्नुभयो । 
     
     कार्यक्रममा ‘प्लेयर अफ दि इयर२०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित हुनुभएकोे थियो । पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रिएटिभ्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनुहुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला,सपना रोक्का मगर र डा सन्दुक रुइत हुनुहुन्थ्यो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij