
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सुनसरीको इटहरीमा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ । इटहरी-२ शान्तिझोडास्थित राई टोलमा बसोबास गर्दै आएकी ६५ वर्षिया मधुमाया पुरीको हत्या भएको हो ।
पुरीको सोही ठाउँमा बसोबास गर्दै आएका ४० वर्षिय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेका हुन । खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी मधुमायाको स्थानीय सामुदायिक अस्पताल तरहरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij