
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय नवलपरासीमा रहेका प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । एक्कासि रोगका लक्षण देखिएपछि उपचार गराउनुभन्दा पहिल्यै नै स्वास्थ्य अवस्थाबारे जानकारी पाउनका लागि प्रहरीहरूको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताए ।
पृथ्वीचन्द्र अस्पताल परासीको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पहिलो दिन ८४ जना प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको एसपी आचार्यले बताए ।
स्वास्थ्य परीक्षणमा समस्या देखिएकाहरूको अस्पतालले निःशुल्क थप उपचारमा सहयोग गर्ने जनाएको छ । रगत परीक्षण, इसिजी, भिडियो एक्सरेलगायत अन्य परीक्षण गर्नुपर्ने भएमा अस्पतालले निःशुल्क परीक्षण गर्ने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij