
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । रुकुम पश्चिमका पत्रकारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहयोग हस्तान्तरण गर्नुभएको छ ।जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जिएमलगायतको उपस्थितिमा मन्त्री शर्माले ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गर्नुभएको हो ।
भूकम्प प्रभावित र प्रभावित स्थलको रिपोर्टिङमा रहेका पत्रकारलाई सहयोग पुगोस् भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij