
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल लगिएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरिएको थियो ।
थापाले सन् १९७१ मा जापानमा भएको यू–१९ एसियन च्याम्पियनसिपमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । उनले न्यूरोड टिम (एनआरटी) र महावीर क्लबबाट घरेलु फुटबल खेलेका थिए । फुटबल करियरपछि प्रशिक्षण सुरु गरेका थापाले एन्फा सहायक–महासचिवको रूपमा पनि काम गरेका थिए ।
शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा श्रध्दान्जलीका लागि थापाको पार्थिव शरीर राखिने एन्फाले जनाएको छ । उनको आजै बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij