
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । आयकर ऐनको दफा ५७ को व्यवस्थाअनुसार कर निर्धारण गर्न लागेको भन्दै निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकार विरुद्ध रिट दायर गरेको छ।
एनसेलको तर्फबाट रमेश घिमिरेले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। ४ वर्षअघिको स्वामित्व बिक्रीमा लाग्ने कर निर्धारणको सूचना दिएपछि एनसेल त्यसको विरुद्धमा अदालत गएको हो।एनसेलले पुँजीगत लाभकर समेत तिर्नु नपर्ने दावी गर्दै विश्व बैंक समूहको इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफ इन्मेस्टमेन्ट डिस्प्युटमा पुनरावेदनको निवेदन दिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij