Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

ललितपुर सिटी एफसीले ५०० वटा टिकट निःशुल्क बाँड्दै

ललितपुर सिटी एफसीले ५०० वटा टिकट निःशुल्क बाँड्दै

  • काठमाण्डौ । ललितपुर सिटी एफसीले आफ्नो खेल हेर्न चाहने दर्शकका लागि ५०० वटा टिकट निःशुल्क बाड्ने भएको छ । आज बुधबार ललितपुरले नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सविरुद्ध खेल्दै छ । 

    images
    images
    images

    उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि हुने भएको छ । सोही खेलका लागि ललितपुरले ५०० टिकट बाड्ने भएको हो । सामाजिक सञ्जालमा टिकट लिन चाहनेहरूले दिउँसो ४ः३० बजेसम्म घान्द्रुक नेपाली क्विजिन र पेपे पिज्जाबाट लिन सकिने ललितपुरले जनाएको छ । 

    यसअघि ललितपुरले प्रतियोगिताको पहिलो खेलमा बुटवल लुम्बिनी एफसविरुद्ध २–० को जित निकालेको थियो । पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–० ले हराएको थियो । 

    प्रतियोगितामा एक खेलबाट समान तीन अंक जोडेको ललितपुर तालिकाको दोस्रो र पोखरा चौथो स्थानमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij