Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

३४ घरपरिवारले पाए पक्की घर

३४ घरपरिवारले पाए पक्की घर

  • बाँके । कोहलपुर नगरपालिका–१४ हबल्दारपुरका ३४ घरपरिवार चिडीमारले नयाँ पक्की घर उपहार पाएका छन् ।

    images
    images
    images

    सुदुरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास कार्यक्रमअन्तर्गत त्यहाँका ३४ घर चिडीमारले नयाँ पक्की घर उपहार पाएका हुन् । बराण्डा र शौचालयसहित दुई कोठे नयाँ पक्की घर पाएपछि चिडीमार बस्तीमा उत्सव छाएको थियो । नयाँ घर पाएपछि उनीहरु दङ्ग र प्रफुल्लित छन् ।

    “हजुर घाम र पानी नछेल्ने पराले झुप्रामै हाम्रो जिन्दगी बित्यो”, नयाँ घरमा सरेपछि विनोद चिडिमारले भन्नुभयो, “अहिले यी घर पाएपछि हामीलाई हेर्ने पनि सरकार रछ भन्ने लागेको छ ।” “पहिले माटोको घर थियो । सरकारले पक्की घर बनाइदियो”, उहाँले भन्नुभयो, “हामी खुशी छौं । पक्की घरमा बस्न पाएका छांै ।” पुस्तौँदेखि अशिक्षा, गरिबी, भोक र शोकमै डुब्दै आएका चिडीमारका लागि नयाँ पक्की घर अहिले नसोचेको उपहार बनेको छ । 

    शहरी विकास तथा भवन कार्यालय, बाँकेले कोहलपुर नगरपालिका–१४ हबल्दारपुरका दुई ठाउँ गरेर ३४ पक्की घर बनाएका छन् । एक ठाउँमा १५ र अर्को ठाउँमा १९ गरी कार्यालयले कूल ३४ नयाँ पक्की घर बनाइदिएको हो । कार्यालयका प्रमुख रामआश्रय शाहले आर्थिक वर्ष २०७६÷७७ मा चिडिमारलाई ६१ घर बनाइदिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोहलपुर वडा नं १२ मा ३४, १४ मा १५ र १५ नंमा १२ घर बनिसेकका छन् । आर्थिक वर्ष २०७६÷७७ मा सङ्घीय सरकरको सशर्त अनुदानतर्फ ४३ वटा घर बनेका  छन् ।

     आर्थिक वर्ष २०७७ ÷७८ का लागि वडा नं १२ मा ११ घर बनाउने सम्झौता भएको छ । कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा ३३ घर बनेका थिए । वडा नं १५ मा १४ र वडा नं १४ मा १९ घर रहेका छन् । शहरी विकास तथा भवन कार्यालय, बाँकेका प्रमुख शाहले बाँके र बर्दियामा प्रदेश जनता आवास समन्वय समितिको निर्णयानुसार एक हजार ३७ र पुरानो सङ्घीय कार्यालयबाट निर्माणाधीन ८२९ गरी एक हजार ८६६ मध्ये एक हजार ३५५ घर बनिसकेको जानकारी दिनुभयो । सरकारले एउटा घर बनाउन रु तीन लाख ३६ हजार दिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij