Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

हाकु वन जङ्गलमा लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेन

हाकु वन जङ्गलमा लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेन

  • रसुवा । हाकु वन जङ्गलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन  । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन  चपेटामा परेको छ ।

    images
    images
    images

    भीरपाखा र असहज स्थानमा भएकोले डडेलो  नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिनुभयो । डडेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उहाँले बताउनुभयो ।
      
    सेनाका साथै स्थानीय बासिन्दा, वन कार्यालयका कर्मचारीसमेत डडेलो नियन्त्रणमा जुटेका छन् ।  ती क्षेत्रका सयांै हेक्टर वन डडेलोको चपेटामा परिसकेको वन प्राविधिकले आँकलन गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij