
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । कोभिड–१९ का कारण करिब एक वर्षसम्म बन्द रहेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्कन कोभिड सम्बन्धी मापदण्ड निर्माण गरी सूचारु गर्ने व्यवस्था गर्न व्यवसायीहरुले सरकारसँग आग्रह गरेका हुन।
आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका पर्यटन व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन्।होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटकहरु तत्काल आउन सक्ने अवस्था नभएकोले आन्तरिक पर्यटनको प्रवद्र्धनमा जोड दिन माग गरेका छन्।आन्तरिक पर्यटकहरुलाई पनि स्थानीय तहहरुले पीसीआर रिपोर्ट मागेका कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा समस्या भएको उनको भनाइ छ। आन्तरिक पर्यटनका लागि पनि छुट्टै मापदण्ड निर्माण गर्न उनले माग गरेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij