
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । महिलालाई काम लगाइदिने लोभ देखाएर श्रीलंका पुर्याएर बन्धक बनाउने कार्यमा संलग्न अमृत बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।झापा बुद्वशान्ती गाउँपालिका–२ घर भएका विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई घरबाट पक्राउ गरेको जनाएको छ ।अमृतले २४ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्देश्यले विभिन्न प्रलोभन दिएका थिए ।श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij