Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

संखुवासभामा चार दिनदेखि सञ्चार सेवा बन्द

संखुवासभामा चार दिनदेखि सञ्चार सेवा बन्द

  • काठमाडौं । चार दिनदेखि संखुवासभा सञ्चार सेवाविहीन भएको छ । धनकुटाबाट ल्याएको अप्टिकल फाइबर चैनपुर नगरपालिकाको खराङ क्षेत्रका जंगलमा शनिबार चुँडिएपछि नेपाल टेलिकमका पोष्टपेड, प्रिपेड, लाइनफोन र इन्टरनेट सेवा ठप्प भएको हो ।

    images
    images
    images

    सदरमुकाम खाँदबारी, तुम्लिङटार विमानस्थल, चैनपुर, भोटखोला लगायतका स्थानमा सञ्चार सेवा बन्द भएको हो ।धनकुटाबाट मर्मतका लागि आएका प्राविधिक टोलीले ४ दिन बितिसक्दा पनि सेवा सुरु गर्न सकेका छैनन् । प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण मर्मतमा समस्या भएको टेलिकमका प्रमुख प्रेम राईले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij