Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राजनीतिक अस्थिरतासँगै मूल्यवृद्धि चुलियो, नियमन छैन

राजनीतिक अस्थिरतासँगै मूल्यवृद्धि चुलियो, नियमन छैन

  • काठमाडौं । दसैंअघि भटमासको तेलको मूल्य प्रतिलिटर १ सय ५० देखि १ सय ५५ रुपैयाँ थियो । लगत्तै मूल्य बढेर १ सय ६३ रुपैयाँ पुग्यो । त्यसपछि क्रमशः बढ्दै अहिले प्रतिलिटर १ सय ९५ देखि २ सय रुपैयाँसम्म पुगेको छ ।

    images
    images
    images

    तेल मिलहरूले माघमा प्रतिलिटर एमआरपी मूल्य २ सय ४० देखि ६० रुपैयाँसम्म बनाउने तयारी गरिरहेका छन् । सनफ्लावर तेलको मूल्य पनि सोही दरमा अकासिएको छ ।

    एक साताअघि हरियो केराउको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो । अहिले १ सय २५ रुपैयाँ पुगेको छ । गत चैतमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ३ सय २० रुपैयाँ र अन्डा प्रतिक्यारेट २ सय ८० रुपैयाँ थियो । अहिले ब्रोइलरको मासु ३ सय ७५ देखि ३ सय ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । त्यस्तै अन्डाको मूल्य प्रतिक्यारेट ४ सय ५० रुपैयाँसम्म पुगेको छ । मंसिरअघि प्रतिटिपर २२ हजार रुपैयाँ पर्ने गिट्टी अहिले बढेर ३० हजार रुपैयाँ पुगेको छ । प्रतिबोरा ६ सय ५० रुपैयाँ पर्ने सिमेन्टको मूल्य बढेर ७ सय, प्रतिकिलो ५७ देखि ६२ रुपैयाँ पर्ने डन्डी बढेर ८५ देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ ।

    मूल्यवृद्धि भएका वस्तुमध्ये यी केही उदाहरण मात्र हुन् । राजनीतिक अस्थिरतासँगै बजारभाउमा चलखेल बढ्दो छ । मूल्य बढ्नुको खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् । खुद्रा व्यापार संघका अनुसार खानेतेलको मूल्य बढ्नुमा खास कारण नभए पनि आयातकर्ता र मिल सञ्चालकले अन्तर्राष्ट्रिय बजारमा बढेको बताउँदै मूल्यमा मनपरी गरेका छन् । पर्याप्त मात्रामा उत्पादन नभएको र माग बढेको जनाउँदै मासु र अन्डाको मूल्य बढाइएको छ । चाडबाड सकिएलगत्तै निर्माण सामग्रीको माग बढेपछि यसको मूल्य पनि चुलिएको छ । बजारभाउ नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । बजार अराजक हुँदासमेत विभागले बजारभाउ नियन्त्रण गर्न सकेको छैन ।

    विभाग सरकारको निर्देशनमा चल्ने हुँदा बजार अराजक बन्दै गएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । विभागको अनुगमन बजार सुधारभन्दा राजस्व संकलनमा केन्द्रित हुँदा समस्या भएको उनको भनाइ छ । ‘मूल्य बढ्नुपर्ने कारण छैन । खाने तेल, मासु र निर्माण सामग्रीको मूल्यवृद्धि कृत्रिम हो । राजनीतिक अस्थिरता र आन्दोलनका कारण यस्तो भएको हो । राजनीतिक नेतृत्वलाई पैसा चाहिएको छ । पैसा बजारबाटै आउँछ, नेतृत्वले पैसा खोज्ने कारणले बजारभाउ बढेको हो,’ उनले भने, ‘मन्त्रालय र विभागबाट नै उद्योगीहरूसँग पैसा माग्ने काम भएको उद्योगीहरू बताउँछन् । यस विषयमा कसले अनुगमन गर्ने ? सरकारकै निर्देशनमा विभाग चल्यो, त्यही भएर बजार सुध्रिएन ।’आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij