Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आठ लाख नगद र लागूऔषधसहित पाँच जना पक्राउ

आठ लाख नगद र लागूऔषधसहित पाँच जना पक्राउ

  • काठमाडौं । मकवानपुर प्रहरीले अवैध बाटो भएर लागूऔषध कारोबार गर्ने पाँच जनालाई नगदसहित पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रहरीले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटार का ३० वर्षीय रामचन्द्र गोले, २० वर्षीय दलबहादुर मोक्तान र पर्सा जिल्लाको ठोरी गाउँपालिका–८ का ३२ वर्षीय जीतबहादुर चापागाईंलाई सार्वजनिक गरेको हो ।

    AGNI GROUP

    मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार नयाँबस्तीस्थित कुमार मोक्तानको घर अगाडि बाटोमा रोकिरहेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ३ वटा बोरा र कालो कपडाको झोलामा लागूऔषध फेला पारेको थियो ।

    मोटरसाइकलबाट कोडिन फोस्पेट ओनरेक्स ६०२ बोतल, चरेस २० ग्राम र ८ लाख नगद फेला पारेको उनले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएकाहरुमाथि अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij