Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

गोली लागेर घाइते भएकी असई चौधरीकी श्रीमतीको मृत्यु

गोली लागेर घाइते भएकी असई चौधरीकी श्रीमतीको मृत्यु

  • काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) धुव्रबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको मृत्यु भएको हाे । 

    images
    images
    images

    पुलिस अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् ।

    असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको आशंका प्रहरीका अधिकृतहरुले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij