Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

चोरीका ३ वटा मोटरसाइकलसहित ४ जना पक्राउ

चोरीका ३ वटा मोटरसाइकलसहित ४ जना पक्राउ

  • ललितपुर । चोरीका ३ वटा मोटरसाइकलसहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–५ घर भएका २४ वर्षीय अजय मोक्तान, सर्लाहीको हरिवन नगरपालिका–१० घर भएका ३१ वर्षीय ध्रुव प्रसाईं‌, सर्लाहीको बागमती नगरपालिका–३ घर भएका २७ वर्षीय सुदीप स्याङ्तान र सर्लाहीको मलंगवा नगरपालिका–१ घर भएका १९ वर्षीय सुमित कुमार यादव रहेका छन् । 

    images
    images
    images

    प्रहरीले उनीहरूबाट ३ थान चोरीको मोटरसाइकल बरामद गरेको छ । बिहीबार प्रहरीले ललितपुरको भट्टेडाँडास्थित कान्ति लोकपथ सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिँड्दै गरेको अवस्थामा प्रहरीले जाँच गर्दा ती मोटरसाइकल चोरीका रहेको खुलेको हो । बरामद मोटरसाइकलहरू प्रहरी वृत्त गौशालाको इलाकाबाट चोरी भएको पाइएकाले कारबाहीका लागि उनीहरूलाई गौशाला वृत्त पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij