
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले विभिन्न डिपार्टमेन्ट स्टोर, फार्मेसी तथा अन्य पसलहरूमा अनुगमन थालेको छ । गुणस्तरहीन सामान विक्री वितरण गरेको तथा होटल तथा रेष्टुरेन्ट र खाजाहरूले न्यूनतम सरसफाइलगायत मापदण्ड पालना गरे नगरेकोबारे अनुगमन थालेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारको संयोजकत्वमा प्रहरी र घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवालाहरूको सहभागितामा अनुगमन थालिएको हो । अनुगमनका क्रममा मापदण्ड पालना नगर्नेहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिएको समेत उनले जानकारी दिए ।
आइतबारको अनुगमनमा भाटभटेनी सुपर मार्केटलाई खाद्यान्न सुरक्षामा मापदण्ड नपुगेको देखिएपछि एक लाख रुपैयाँ जरिवाना गरिएको थियो । त्यस्तै सेलवेज डिमार्टमेन्ट स्टोरलाई पनि एक लाख जरिवाना गरिएको छ । कार्यालयले मेगामार्ट मान भवनलाई पनि एक लाख जरिवाना गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij