
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रहरी प्रभाग काठमाडौं बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका सिंहविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अनुसन्धानका क्रममा आयोगको टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध सोही बराबरको बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij