
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । सवारी चेकजाँच गर्ने ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मरिन गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने ३० वर्षीय राज कुमार घिसिङ छन् ।
प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज डिएसपी बुढाथोकीका अनुसार घिसिङ बा.३७ प ६४३२ को स्कुटरमा आएका थिए । प्रहरीले चेकजाँच गर्न खोजेपछि उनी अपशब्द प्रयोग गरी गालीगलौज 'ड्युटीमा खटिएका प्रहरीको पोसाक नै च्यातिदिएका रहेछन्,' ।
उनलाई तत्काल प्रक्राउ गरी बानेश्वर वृत्तमा राखिएको छ । यस घटनामा थप अनुसन्धान भइरहेको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij