Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

डडेल्धुराबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

डडेल्धुराबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

  • काठमाडौं । डडेल्धुराबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका- १ स्याउलेबाट अछामको साफेबगर नगरपालिका ४ का २९ वर्षीय अशोक स्वार र चौरपाटी गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय गणेश धामीलाई पक्राउ गरिएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार उनीहरुको साथबाट खैरो हेरोइन बरामद भएको छ । ‘धनगढीबाट अछामतर्फ जाँदै गरेको सुपप्र ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकलमा सवार स्वार र धामीलाई चेकजाँच गर्दा खैरो हेरोइन भेटिएको हो,’ उनले भने, ‘दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij