
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा एक जना महिलाको हत्या भएको छ । बुढानीलकण्ठ नगरपालिका-४ भसन्थलीमा एक जना महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।
सप्तरी घर भई भसन्थली बस्ने ३८ वर्षीया अनिता चौधरीको हत्या भएको हो । उनको हत्या गरेको आरोपमा प्रहरीले ५८ वर्षीय गौरा सिंह बोहरालाई पक्राउ गरेको छ ।
आइतबार राति उनीहरूबीच विवाद हुँदा बोहराले चौधरीमाथि धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहार हुँदा चौधरी गम्भीर घाइते भएकी थिइन् ।
उनको उपचारको लागि शिक्षण अस्पताल हुँदै ट्रमा सेन्टर लगिएको थियो । घटना भएको खबरपछि प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले बोहरालाई पक्राउ गरेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij