
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । उदयपुरमा घरमा सुतिरहेकी एक महिला बालत्कारको शिकार भएकी छन् । आफ्नै घरमा सुतिरहेका बेला ५५ वर्षीया ती महिलालाई स्थानीय पुरुषले बलात्कार गरेका हुन् ।
यस घटनामा प्रहरीले त्रियुगा नगरपालिका वडा नम्बर ६ गडमेका ३५ वर्षीय जीवन कार्कीलाई पक्रेको छ । कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा करणी गरेको जाहेरीका आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले आज बिहान नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीले उक्त घटनाको सम्बन्धमा थप जाँचबुझ गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij