Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सुडानमा हवाई आक्रमण, सर्वसाधारणसहित कम्तीमा २२ जनाको मृत्यु

सुडानमा हवाई आक्रमण, सर्वसाधारणसहित कम्तीमा २२ जनाको मृत्यु

  • काठमाडौं । उत्तर अफ्रिकी देश सुडानमा ३ महिनादेखि सेना र अर्धसैनिक बलहरूबीच भिडन्त चलिरहेको छ । राजधानी खार्तुम नजिकैको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा २२ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन् ।

    images
    images
    images

    अल जजिराका अनुसार यो हमला सहरी क्षेत्रमा हालसम्मकै सबैभन्दा खतरनाक हमला हो । अर्धसैनिक बल आरएसएफले यसका लागि सुडान मिलिटरी फोर्सलाई दोष दिएको छ । आरएसएफका अनुसार यस हमलामा ३१ सर्वसाधारणको मृत्यु भएको छ ।

    सेनाले बस्तीलाई निशाना बनाएको छ । सोही क्रममा सो क्षेत्रमा बस्ने एक व्यक्तिले भने,आक्रमण कसले गरेको हो भन्न गाह्रो छ । केही दिनदेखि सेनाले यस क्षेत्रमा आरएसएफलाई आफ्नो विमानबाट निशाना बनाउँदै आएको छ ।

    आरएसएफले उत्तरी सुडानी सेनामाथि लगातार ड्रोन आक्रमण गरिरहेको छ । शनिबार हवाई हमला गर्नुअघि सेनाले शहरमा आरएसएफका धेरै स्थानहरूमा आक्रमण गरेको थियो । यसबाट बच्न आरएसएफका लडाकुहरूले आम नागरिकको घरमा शरण लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij