
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । नेपाल प्रेस युनियन ललितपुरमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । ७ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा केदारनाथ दाहाल, उपाध्यक्षमा रूप कर्माचार्य, गोमा पाण्डे, लक्ष्मी अधिकारी चयन भएका छन् ।
त्यस्तै, सचिवमा काजिराम खड्का, सहसचिवमा बिनिता डंगोल र कोषाध्यक्षमा प्रकाश थिङ्ग चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा रन्जीत धमला, अनिशा बिष्ट, शनिराज शाक्य, राजकुमार थिङ्ग, अर्चना लो, अमरद्वीप श्रेष्ठ र सुनिता बिश्वकर्मा चयन भएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रमुख अतिथि थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij