
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किदै छन् । चीनबाट उपचार गरेर बिहान साढे ११ बजे फर्किन थालेका हुन् ।
वंशाणुगत जन्डिस बल्भिएपछि गत फागुन १ गते उपचार गर्न चीन गएका थिए । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उनको उपचार गराइएको हो । उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ ।
चिकित्सकहरू सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने बताउँछन् । लामो उपचार र स्वास्थ्यमा भएको चमत्कारिक सुधारपछि नेता पुन नेपाल आउन लागेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij