Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पेस्तोल र गोलीसहित एकजना पक्राउ

पेस्तोल र गोलीसहित एकजना पक्राउ

  • काठमाडौं । पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ का ३२ वर्षीय रमेश बानियाँलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    बानियाँलाई पेस्तोल एकथान, पेस्तोलमा लाग्ने म्याग्जिन दुईथान र गोली ११ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी बानियाँ काठमाडौंको जय वागेश्वरीस्थित जेनिस अटो रिकन्डिसननजिक सडकमा बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट टोली खटिएको थियो ।

    प्रहरीलाई देख्नासाथ बानियाँ आफूले बोकेको झोला सडकमा फालेर फरार भएका थिए । झोला तलासी गर्दा उक्त हतियार फेला परेको थियो । भक्तपुरको नयाँ ठिमीस्थित नयाँ बाटोबाट बानियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij