
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सुदूरपश्चिमको धार्मिक पर्यटकीय स्थल खप्तड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रस्थान गरेका छन् । प्रधानमन्त्रीसहित केही नेताहरुको टोली आज बिहान उता प्रस्थान गरेको हो ।
प्रधानमन्त्रीको सचिवालयको अनुसार खप्तड जानुअघि दाहाल सुर्खेतमा रक्षामन्त्री पूर्णबहादुर खड्काको भाइबुहारी डा.सन्जु खड्काको श्रद्धान्जली सभामा सहभागी हुनेछन् । त्यसपछि मात्रै प्रचण्ड खप्तड जानेछन् ।
सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव पनि आउने भएका छन् । आजदेखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij