Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

डेङ्गी

कडा डेङ्गीको क्रम बढ्दो

कडा डेङ्गीको क्रम बढ्दो

  • काठमाडौँ । गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आएका थिए । उनमा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । यो अवस्था भनेको कडा वा जटिल डेङ्गीको सङ्केत हो । यसलाई ‘डेङ्गी वार्निङ’ सङ्केतका रुपमा पनि लिइन्छ । 

    images
    images
    images

    गत वर्ष काठमाडौँमा डेङ्गीले खासै चर्चा नपाएको भए तापनि धेरै सङ्क्रमितमा नाकबाट रगत बग्ने समस्या लिएर आउने गरेको चिकित्सकहरुको अनुभव छ । तर गत वर्ष धेरै मानिसहरु सङ्क्रमित भएको अवस्थामा पनि आफ्ना नियमित दैनिकीलाई निरन्तरता दिएका देखिन्थे । यस्तो अवस्थालाई वार्निङ डेङ्गी भनेर नामाकरण पनि गरिएको थियो । 

    images

    वार्निङ डेङ्गी हुँदा पनि अधिकांशले स्वास्थ्य परामर्शसमेत लिने गरेका थिएनन् । यसरी जटिल डेङ्गी हुन सक्ने प्रबल सङ्केतहरुमध्येको एक नाकबाट रगत बग्ने समस्या ह्वात्तै बढेको अवस्थालाई मध्यनजर गर्दा आगामी दिन जटिल डेङ्गी व्यापक बढ्न सक्ने प्रबल सम्भावनाको अनुमान सहजै गर्न सकिन्छ । यसर्थ, ‘डेङ्गी वार्निङ’ सङ्केतको पनि व्यापक प्रचार गर्नुपर्ने देखिन्छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij