
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाण्डौ । करेन्ट लागेर उदयपुरमा १७ वर्षीय किशोरीको ज्यान गएको छ ।
बेलका नगरपालिका–५ की दुर्गा कार्कीलाई घर छेउमा रहेको कुखुराको फार्ममा काम गर्ने क्रममा आज बिहान करेन्ट लागेको थियो ।
कार्कीलाई तत्काल उपचारका लागि बेलका नगर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij