Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पनौती जात्रा सम्पन्न

पनौती जात्रा सम्पन्न

  • काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष ज्येष्ठ शुक्ल द्वादशीदेखि असार कृष्ण तृतीयाको दिनसम्म चल्ने पनौती जात्रा (ज्याः पुन्ही) सम्पन्न भएको छ ।

    images
    images
    images

    जात्राको अन्तिम दिन आइतबार पनौतीस्थित लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एक आपसमा जुधाएर जात्रा सम्पन्न गरियो । पार्वतीले ६४ योगिनीको रूप धारण गरी भगवान् महादेवलाई लखेटेको र महादेवले आफूलाई लखेट्ने पार्वती रहेको कुरा पत्ता लागेपछि महादेवले उन्मत्त भैरव र महादेवको रूप धारण गरी पार्वतीलाई सम्भोग गरेको सम्झनास्वरूप तीन वटा रथ जुधाएर पनौती जात्रा मनाउने प्रचलन रहेको छ ।

    जात्राको पहिलो दिन ज्येष्ठ शुक्ल तृतीयाको साँझ 'दुइँचा– न्या–के–गुु' विधि गरेपछि जात्राको सुरु हुन्छ । पहिलो दिन देवघरबाट ब्रह्मायणी र भद्रकालीकोमूर्ति निकालेर त्रिवेणीघाटमा लगी एउटा रांगो, दुई बोकाको बलि दिई जग्गे गरेर कालरात्रिको पूजा गर्ने प्रचलन रहेको छ । सोही दिन नै त्रिवेणीघाटमा रहेको वासुकी नाग बस्ने स्थानमा दुई वटा हरियो बाँस गाडेर वासुकी नागलाई गाईको दूध चढाउने प्रचलन रहेको छ । 

    कुनै पनि रोग नलाग्ने विश्वाससहित जात्राको अन्तिम दिन आइतबार पनीतीवासीले पुण्यमती र रोशमती नदीको सङ्गममा स्नान गरेका छन् । जात्राको अन्तिम दिन भद्रकाली र उन्मत्त भैरवको रथ तीन/तीन पटक जुधाइन्छ भने भद्रकाली र महादेवको रथ चार पटक जुधाउने प्रचलन रहेको छ ।

    उहाँले पनौतीको जात्रा पनौतीको १२ वर्षे मकर मेलासँग पनि अन्तर्सम्बन्धित रहेको बताउनुभयो । पनौतीजात्रालाई चिउली र केरा खाने तथा घुम किन्ने जात्राका रूपमा समेत बुझिने गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij