
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भइ समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।
संसद विघटनपछि राजनीतिक आरोप प्रत्यारोप बढिरहेकाले त्यसक्रममा बोलिएका भाषा, शब्द तथा हेडलाइनलाइ तोडमोड गरी सामाग्रीहरु प्रकाशित भएको जनाउँदै प्रेश काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ ।
“समसामयिक राजनीतिक परिस्थिति एवं अहिलेको संवेदनशील घडीमा राजनीतिक दल/नेताहरूबाट एकआपसमा लक्षित गर्दै कुनै बैठक तथा सभाहरूमा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्छृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकहरूको मर्यादामा समेत आँच पुग्ने गरी मूल शीर्षक बनाई, तोडमोड गरी नकारात्मकतालाई मद्दत पु-याउने किसिमबाट सञ्चार माध्यमहरूबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत सामग्रीहरू प्रचारप्रसार भइरहेको देखिएकाले यसप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।
काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै तथ्य भन्दा टाढा रही कसैलाई लाभ वा हानी पुर्याउने नियत राखि कसैमाथि अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पु-याउने गरी सामग्री सम्प्रेषण गर्नु/गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने काउन्सिलले जनाएको छ ।
“तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानी पु¥याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस पु¥याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पु¥याउने गरी सामग्री सम्प्रेषण गर्नु/गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामाग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो । यसबाट नै प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न मद्दत पुग्दछ ।” जारी विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य, शिष्ट, मर्यादित, जिम्मेवार भइ सामग्री सम्प्रेषण गर्नु/गराउनुहुन आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा काउन्सिलले अनुरोध गरेको छ ।
विज्ञप्ति हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij