
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर । ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोजीबारे काठमाडौंका सासंद विराजभक्त श्रेष्ठले संसदमा ध्यानाकर्षण गराएका छन् । आइतबार संसदमा बोल्दै श्रेष्ठले चापागाँउको स्तुपाबाट ३ वटा बुद्धको मूर्तिहरु चोरी हुँदा पनि प्रशासन मौन रहेको भन्दै उनले आपत्ती जनाएका हुन् ।
उनले ऐतिहासिक, पुरातात्विके मूर्तिहरु चोरी भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ मागेका छन । उनले प्राचीन स्मारक ऐन अनुसार ललितपुरको सिडिओ र एसपीसँग स्पष्टीकरणको माग पनि सांसद श्रेष्ठले माग राखे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij