Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

विलियम्सनको शतक मद्दतले न्यूजील्यान्ड सुदृढ स्थितिमा

विलियम्सनको शतक मद्दतले न्यूजील्यान्ड सुदृढ स्थितिमा

  • क्राइस्टचर्च । पाकिस्तान विरुद्ध केन विलियम्सनको शतकीय पालीको मद्दतले न्यूजील्यान्डले दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल समाप्त हुँदा तीन विकेटको क्षतिमा २८६ रन बनाएको छ । 

    images
    images
    images

    पाकिस्तान विरुद्ध विलियम्सन र हेनरी निकोल्सले २१५ रनको साझेदारी गरिसकेका छन् । 

    क्राइस्टचर्चको मैदानमा ७१ रन बनाउँदा तीन विकेट गुमाएको न्यूजील्यान्डले त्यसपछि कुनै विकेट गुमाएन । क्रिजमा विलियम्सन ११२ र निकोल्स ८९ रन बनाएर खेलिरहेका छन् । भाग्यशाली रहेका विलियम्सनले तीन पटक जीवनदान पाएका थिए । 

    न्यूजील्यान्डका लागि टम लथमले ३३, ब्लन्डेलले १६ र रस टेलरले १२ रन बनाएका थिए ।

    पहिलो इनिङमा पाकिस्तानले २९७ रन बनाएको थियो । न्यूजील्यान्ड अझै ११ रनले पछि छ, तर उसका सात विकेट अझै बाँकी छन् ।

    पहिलो टेस्टमा न्यूजील्यान्डसँग पाकिस्तान १०१ रनले पराजित भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij