
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर । गोदावरी नगरपालिकाले चापागाउँ सडकखण्डमा पर्ने २५ वटा घरटहरा भत्काउन निर्देशन दिएको छ । नगरको १० र ११ नम्बर वडामा पर्ने २५ वटा घरटहराका धनीको नाममा सूचना निकाल्दै पालिकाले आजकै मितिबाट चार दिनभित्र भत्काउन निर्देशन दिएको हो ।
सडक विस्तारका क्रममा ती घरटहरा भत्काउनका लागि आर्थिक वर्ष २०७६/०७७ मा नै क्षतिपूर्ति रकम लिएपनि हालसम्म नभत्काएको नगरको सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij