
Apr 08 2025 | २०८१, चैत २६ गते
ललितपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित दुई जना पक्राउ परेका छन् ।
काठमाडौंबाट झापा भद्रपुर जान लागेका यात्रु ५० राउण्ड गोलीसहित पक्राउ परेका हुन् ।
विमानस्थल प्रहरीले पक्राउ गरेका उनीहरु आमा छोरा रहेका छन् । बद्रीहाङ राई र मुनादेवी राई श्री एयरलाइन्सको जहाजबाट सो ५० राउण्ड गोलीसहित यात्रा गर्न लागेका थिए ।
विमानस्थलमा चेकजाँचका क्रममा झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij