
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । एक थान एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका-१ फोक्सिङ्कोट पोख्रेल टोल बस्ने ७७ वर्षीय सन्त बहादुर विक रहेका छन् ।
सोही ठाउँ बस्ने सुभराज विकको कुकुरले आफ्नो कुखुरा खाएको विषयमा सन्त बहादुरले एकनाले भरुवा बन्दुकले उक्त कुकुरलाई हानी मारेका थिए ।
सोही खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij