
Apr 08 2025 | २०८१, चैत २६ गते
उच्च रक्तचाप शब्द अहिलेको समयमा निकै नै लोकप्रिय बनिसकेको छ । उच्च रक्तचाप कुनै निश्चित उमेरको व्यक्तिलाई हुँदैन, यो जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ । यो रोग सुन्नमा जति सामान्य छ त्यति नै खतरनाक पनि छ।
यो रोग एक प्रकारको जीवनशैलीमा आधारित रोग हो । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ ।
उच्च रक्तचाप नियन्त्रणका लागि सरल उपायहरु:-
१.धुम्रपान बन्द गर्न: यदि तपाँई धुम्रपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।
२. मोटोपना घटाउनुपर्छ: यदि तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ ।
३. शारीरिक गतिविधि: यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।
४. मदिरा सेवनलाई नियन्त्रण: यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।
५. नुन कम: यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात नुन कम खानुपर्छ ।
६. तनाव कम:उच्च रक्तचाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्को उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।
७. पोटासियमयुक्त खाना धेरै खानुपर्छ: पोटासियम(K+) बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ ।
८.ताजा फलफूल नियमित खानुपर्छ: ताजा फलफुलमा पाईने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ ।
९.प्रशस्त हरियो सागसब्जी खानुपर्छ: प्रतिदिन नियमित २, ३ चोटि हरियो सागसब्जी खानुपर्छ ।
१०. माछाको प्रयोग फाइदाजनक मानिन्छ: हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij