Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एम्बाप्पे तीन साता मैदान बाहिर रहने

एम्बाप्पे तीन साता मैदान बाहिर रहने

  • काठमाडौं ।  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे कम्तिमा तीन साता मैदान बाहिर रहने भएका छन् । थाइ इन्जुरीका कारण एम्बाप्पे ३ हप्ता मैदान बाहिर रहने भएका हुन् ।

    images
    images
    images

    फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति मोन्टपेलियरविरुद्धको खेलमा उनले २१औं मिनेटमै चोट बोकेर बाहिरिएका थिए ।

    चोट निको हुन अझै केही समय लाग्ने भएकाले उनले आगामी फेब्रुअरी १४ मा यूएफ च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा जर्मन च्याम्पियन बायर्न म्युनिखविरुद्धको खेल गुमाउने भएका हुन् ।

    पहिलो लिगमा बायर्नले पीएसजीको भ्रमण गर्ने तालिका छ । यस्तै २४ वर्षीय एम्बाप्पेले फ्रेन्च कपमा मार्सेविरुद्धको खेल र त्यसको तीन दिनपछि लिग वानमा मोनाकोविरुद्धको खेल पनि गुमाउने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij