Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

आजदेखि एक महिनासम्म 'आयोडिन मन्थ' मनाउँदै

आजदेखि एक महिनासम्म 'आयोडिन मन्थ' मनाउँदै

  • काठमाडौं । आयोडिनको कमीबाट हुनसक्ने विकृति तथा हानीबारे जनचेतना जगाउने उद्देश्यले आजदेखि एक महीनासम्म 'आयोडिन मन्थ' मनाइने भएको छ । यो अभियान माघ १९ अर्थात फेब्रअरी १ देखि एक महीना जारी रहने छ ।

    onlinepatrika
    Arghakhachi

    युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतमा नेपालले सन् १९९८ देखि हरेक फेब्रअरी महीनालाई 'आयोडिन मन्थ'का रुपमा मनाउँदै आएको छ । आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ्ग, चेतना मूलक सामग्री वितरण, प्रदर्शनी कक्षास्टल राख्ने जस्ता गतिविधि महिनाभरी सञ्चालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले जानकारी दिएको छ ।

    AGNI GROUP

    नेपाल सरकारले विगत ५९ वर्ष देखी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटडलाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेबारी दिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    आज देखी शुरु हुने आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी-सर्ट तथा पम्पलेट जस्ता सामग्री बितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाइने छ र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्न लागेको साल्ट ट्रेडिङ्गले जनाएकाे  छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij