
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । भरुवा बन्दुकसहित मंगलबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन नगरपालिका १ का टेकबहादुर राई रहेका छन् ।
डीएसपी वीरेन्द्र गोदारले उनको साथबाट १ नाल लोड गरिएको भरुवा बन्दुक र २ सय ८६ ग्राम विस्फोटक पदार्थ बरामद गरिएको बताएका छन् । राईलाई प्रहरीले हातहतियार खरखजाना मुद्दा दर्ता गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij